काे'राे'नाबाट ज्यान गुमाउनेकाे अन्त्यष्टी बारे यस्ताे सुरक्षा प्रावधान - परिवारले पनी शब छुन नपाउने


२०७७ जेठ ३ - काठमाडौं - नेपालमा कसैले कोरोना भाइरसबाट ज्यान गुमाए उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतककाे शव छुन पाउने छैनन । छुन मात्र नभई एक मिटर परबाट मात्रै शव हेर्न मात्र पाउनेछन्। मेडिकल काउन्सिलको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा यस्ताे व्यवस्था गरिएकाे छ। तर शवलाई व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन अन्त्येष्टि गर्न भने पाउनेछन सरकारले ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जानसमेत रोक लगाउने भएकाे छ। कोभिड १९ बाट वृद्धवृद्धा र दीर्घरोगका बिरामीहरुमा उच्च जोखिम हुने भएकाेले याे व्यवस्था गरिएकाे हाे। मृत्यु भएका व्यक्तिको शव छुदा भाइरस सर्ने सक्ने सम्भावना उच्च हुने भएकाेले संक्रमित व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। साेही कारण यस्ताे व्यवस्थासहितकाे शव व्यवस्थापन निर्देशिका जारी गरिएको मन्त्रालयले बताएकाे छ। त्यसै गरी कोरोना मामला बाट ज्यान गुमाएकाको शव अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सहभागी मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहित पिपिई लगायतका सुरक्षा सामाग्री अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान ताेकिएकाे छ। शवलाई राम्रोसँग हावा खेल्ने कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरण प्रयोग गरेर मात्रै पोष्टमार्टम गर्नुपर्ने साथै मृतकको धर्मअनुसार शवको सम्मान गर्दै उनका आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्ने उल्लेख गरिएकाे छ। त्यसै गरी कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्न नपर्ने र गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा भाइरस जिउँदै हुन सक्ने भएकाले विशेष साबधानी अपनाउनपर्ने समेत विज्ञहरुले बताएका छन ।