‘लिपुलेकमा भारतले सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन : प्रम


२०७७ वैशाख ३० - काठमाडौं - नेकपाका अध्यक्षा तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाे पश्चिम भुभाग लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको पुर्व जानकारी आफूलाई नभएको बताएका छन । मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री ओलीले भारतकाे उक्त कदमबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो गरेका हुन । यध्यपी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने स्वयंमले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो बताएका थिए । यसबारे मंगलबार संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडान तथा मन्त्रिपरिषद् बैठकमा लिपुलेक विवाद बारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रिफिङ गरेका थिए । लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोल्ने क्रममा लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूलाइ जानकारी नै नगराएकाे बताएका छन् । प्रम अाेलीले भने , सीडीओले रिर्पोटिङ गरेका थिए,, के थिए भन्ने पत्रपत्रिकामा पढेँकाे थिए तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ नै गरेनन । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रमकाे प्रष्ट अडान रहेको र साेही अनुरूप भारत सँग तत्काल वार्ता गरी समस्याकाे हल खाेजिने प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रीले जानकारी दिएका छन ।