वडाध्यक्षले लगाए नेपाल भारत सीमा क्षेत्रमा काँडेतार !


२०७७ जेठ ३ - पर्सा - नेपालकाे पश्चिम भुभाग लिपुलेक र कालापानी क्षेत्रमा भारतले मिचेको सीमाको विषयलाई लिएर नेपालमा चर्काे बिराेध था नेपाल भारत सिमा नाकामा काँडेतार र पर्खाल लगाउनुपर्ने भन्दै चर्काे आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भने छिमेकी मुलुक भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएर सबैलाइ चकित तुल्याएका छन । पर्साकाे ठोरी गाउँपालिका - ३ का वडा अध्यक्ष सूर्य लामाले भारतको विहार राज्सँयग सीमा जोडिएको वडा–३ अन्तर्गतकाे क्षेत्रमा पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार बार लगाएका हुन। २०७४ मंसिरबाट तारबार लगाउन सुरु गरिएको तारबारकाे काम कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा बाकी रहेकाे करिब १ हजार ५ सय मिटर नेपाली भुभागमा काँडेतार लगाइएको हाे । साे अवधिमा वडा ३ मा भारतसँग सीमा जोडिएका १८०० मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेका भारतीयको अवरोध पछि ३ सय मिटर तार लगाउने काम भने रोकिएको बताइएकाे छ । स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकाको सहयोगमा २०७४ मंसिरबाट तारबार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगर सम्म गरी १९ साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार नै दशगजा क्षेत्र छाडेर तारबार लगाएको वडा अध्यक्ष लामाले बताएका छन । भारतियले पक्षकाे बिबादले बाकी रहेकाे नेपाली भुभागमा पनी दुवै तर्फका प्रतिनिधि बसेर थप नापजाँच गरेर तार लगाइने सहमति तयार बनेकाे वडा अध्यक्षले जनाएका छन। छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले अाफ्नाे मातहतका नेपालकाे सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको बताएका छन । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका छन । देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले नै अा आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिनै नपर्ने , सरकारबाट हुने सहयोग रहे असम्भव नरहेकाे लामा बताउँछन। साे सिमामा तारबार लगाएपछी पछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि बन्द भएको र भारतलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु समेत खुसी भएको गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले बताए ।स्थानीय एक युवाले ठोरी- ३ का वडा अध्यक्षबाट देशका हरेक जनपुतिनिधिले पाठ सिक्नुपर्ने बताए । सरकार र सबै स्थानीय तहले चाहे असम्भव केही छैन भन्ने यसबाट प्रस्ट देखिन्छ ।