धादिङ रोराङमा करेन्ट लागेर एक युवतीको ज्यान गयाे


२०७७ वैशाख ३० - धादिङ - धादिङकाे बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीमा करेन्ट लागेर एक युवतीको ज्यान गएकाे छ । खेतीपातीकाे सिजन भएकाेले घर बाट मकै गोड्न बारीमा जादा लत्रिएका बिजुलीका तारमा छाेइदा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयाे । साे ठाउमा लगिएको विजुलीकाे नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश तारमा छुँदा ज्यान गएको वडाध्यक्ष अम्मरबहादुर गुरुङले जानकारी दिएका छन । करेन्ट लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकाे भएपनी उनलाइ बचाउन नसकिएकाे गुरुङले बताएका छन । देशमा जारी लकडाउनका बाबजुट विद्युुत् मर्मत गर्न जाने योजना बनाउदा बनाउदै अचानक यस्ताे घटना भएकाले नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति दिने प्राधिकरण धादिङका ध्रुव भण्डारीले बताउनुभयाे ।