सरकारले भारतीय राजदूतलाई बोलाएर दियो ‘कुटनीतिक नोट अब के हुन्छ ?


२०७७ वैशाख २९ काठमाडौं - नेपाल सरकार परराष्‍ट्र मन्त्रालयले काठमाडौं स्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा अापत्ति तथा जानकारी लिएको छ । राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्रले जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कुटनीतिक नोट’ समेत दिइएको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यस अघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध जनाइसकेकाे छ । नेपाल सरकारले बिराेध जनाइ साे कार्य त्त्कालफ राेक्न अपिल गरे सगै भारतले भने साे भुमी अाफ्नाे भएकाे र अापसी बिबाद हहिलेकाे बिश्वब्यपी समस्या अन्त्य भएपछी कुटनिटिक तवरमा छलफल गरी हल गरिने बताएकाे थियाे ।