पानी जहाज खोई सरकार ? : उपेन्द्र यादव


२०७७ - जेठ - ४ - काठमाडौं - स‌ंसदमा पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारसँग 'पानीजहाज खोई' भनी प्रश्न गरेका छन । वर्तमान सरकार गठन हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालका नदीनाला र अन्यन्त्रका समुद्रमा नेपाली झण्डा हल्लाउँदै पानीजहाज चलाउने ठाेुकुवा गरेकाे स्मरण गराउदै यादवले यस्ताे पश्न गरेका हुन । अाेलीले त्यसाे भनीरहदा नेता उपेन्द्र यादव पनि उपप्रधान तथा स्वास्थ्यमन्त्रीका हैसियतमा अाेली नेतृत्वकाे सरकारमा सहभागी रहेका थिए। सरकारको अकर्मण्यताका कारण सीमाविवाद हल हुन नसकेको बताउँदै यादवले लिपुलेक, महाकाली या सुस्ता जहाँको होस्, यी समस्या समाधान गर्नुपर्ने र द्विपक्षीय कुटनीतिक पहलबाट हल गर्नुपर्ने यादबले बताए। नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले भने, 'पानीजहाज खोई? समुद्रमा झण्डावाहक नेपाली जहाज त यसअघि राणाजीहरुले पनि चलाएका थिए, यो भन्दा अगाडीको नीतिमा पनि भनिएको थियो, तर अहिलेसम्म ऐन मस्यौदाकै क्रममा छ, कोशी गण्डकीको रुट अध्ययन गर्ने काम समेत भएको छैन। यो कसरी सम्भव हुन्छ? यो कुरा कहाँबाट आइरहेको छ? भनि पश्न राखेकाे थिए । सरकारको नीति समग्रमा सहरमुखी र धनीवर्ग लाभान्वित हुने, ग्रामिण जनता र गरीब उपेक्षित हुने खालको रहेको यादवको भनाई रहेकाे थियाे । राजनीतिक स्थिरता र समृद्ध नेपालको नारा दिएर वर्तमान सरकार बनेपनि बजेट खर्चने क्षमता र अवस्था नै नरहेको उल्लेख गर्दै यादवले पछिल्लो ६ वर्षमा ६० अर्व रुपैयाँ अनुदानमा कृषिका नाममा प्रवाह भएपनि वास्तविक किसानले अनुदान नपाएको बताए।