भारतले काेराेना सकिएसी वार्ता गराैला भनेपछी : नेपालकाे जवाफ त्यती लामाे समय पर्खिन सक्दैनौ


२०७७ वैशाख २९ - काठमाडौं - नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने स्पष्ट पारेकाे छ । नेपालकाे सिमा क्षेत्र भित्र १९ किेमि सडक भारतले बनाएपछि नेपाल सरकारले अापत्ती जनाएपछी भारतले काेराेना काे कहर शान्त भएपछी अापसी कुटनितिक पहल र संबादबाठ साे बिबाद समाधान गर्ने बताएपछी नेपालले त्यति बेला सम्म कुर्न नसकिने र यथाशिघ्र समाधान हुनुपर्ने अडान लिएकाे हाे । साथै नेपालले साे स्थानमा अहिले कुनै पनी गतिबिधी नगर्न त्यसलाई यथास्थितिमा राख्न अनुराेत्ध गरेकाे छ । उता भारतले भने अाफनाै भुभागमा सडक बनाएकाे दाबी गरेकाे छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने अस्ति भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरेँ । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । तर हामी त्यति लामाे समय पर्खिने पक्षमा छैनौं । जति सक्दाे छिटो वार्ता सुरु गर्नुपर्छ । नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन । समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए । भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । भारतलाइ नेपालले नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेकाे र नेपाल सरकार वार्ता भोलि गरे पनि हुन्छ वा फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको बताए । अाज दिउसाे मात्र सरकारले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिएकाे छ