बिदेशबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन निर्देशन


२०७७ वैशाख २६ - प्रतिनिधिसभा'को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने प्रबन्न्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समिति'का सभापति विमल श्रीवास्तव'ले जानकारी दिनु'भयो ।



समितिको आज बसेको बैठकले नेपाल फर्काएपछि उनीहरु'लाई नेपालमा कहाँ कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्न पनि निर्देशन दिएको छ । साे बैठकले लकडाउन'को समयमा स्वदेश'भित्र रहेका मजदूर'ले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन समेत दिएको छ ।