नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे


२०७७ वैशाख २९ - काठमाडाैँ - नेपालमा फेरी थप १३ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । याे सँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ जसमा ३३ जना भने निकाेभैसकेका छन । केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा बर्दियामा १ रुपन्देहीमा ६, कपिलवस्तुमा ६ गरी फेरी थप १३ जना मा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अाज बिहान मात्रै कपिलबस्तु र सप्तरीमा पनी संक्रमण फेला परेकाे पुषटी भएकाे थियाे । कपिलबस्तुमा संक्रमण बढेसंगै स्थानीय सरकारले जेठ ५ सम्म जिल्ला शिल गर्ने निर्णय गरिसकेकाे छ । नेपालमा बिशेष गरी भारतबाट अाउने र सिमावर्ती क्षेत्रमा काेराेनाकाे मामला बढस् देखिएकाे । यस अगाडी उदयपुर हटस्पट मानिएकाे काेराेना संक्रमण अब बिस्तारेै नेपाल भरी फैलन क्रममा छ । यता सरकारले लकडाउन खुकुलाे गरेकाे कारण देशका अधिकांस ठाउमा भने मान्छेकाे एकदमै चहलपहल देखिन्छ । दिनहु संक्रमितक संख्या बढेसंगै नेपालमा संक्रमणकाे थप जाेखिम बढेकाे छ । याे पनी पढ्नस एका एक कोरोना संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल हुने भएकाे छ । भारतबाट आएका स्थानीयमा हरुमा कोरोना संक्रमण पाएपछी कपिलबस्तुकाे सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय लिएकाे छ । कपिलवस्तु सिल भएपनी कपिलवस्तुमा महत्वपुर्ण बाटाे महेन्द्र राजमार्ग पर्ने भएकाेले पूर्वपश्चिम राजमार्गमा अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु भने नरोकिकन चल्न पाउने छन । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्ला भित्र स्थानीय साधन सवारी, उद्योग, निर्माण कार्यमा भने पूर्ण रूपमा रोक लगाइएको बताएइकाे छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।