अन्तत संविधान संशोधन विधेयक संसदमा पेश


२०७७ जेठ १८ - काठमाडौ - नेपाल सरकारका कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुनमन्त्री तुम्बाहाङफेले संविधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको हो । सरकारले भारतले हडपेका भुभागहरू कालापानी लिम नेपाल नयाँ नक्सा समेट्नका लागि निशान छाप परिवर्तन गर्न संसदमा संशोधन विधेयक पेश गरेको हो । बिगत ६० सालभन्दा अगाडीबाट भारतीय कब्जामा रहेकाे नेपालका आफ्नो अतिक्रमित जमिन जुनसुकै अवस्थामा पनि फिर्ता गराउने अभियान अन्तर्गत भारतले अतिक्रमण गरेर बसेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत समेटको नयाँ नक्सा सरकारले जारी गरेको छ । याे बिध्ययक पास हुन संसदकाे दुइ तिहाइ बहुमत अावश्यक पर्दछ । भारतले मिचेकाे भुभाग यस्ताे छ हुर्नुस पुरा बिबरण