को'रो'ना संकटको चुनौतीसँग जुध्न नसक्ने नेतृत्व फेरिन सक्छ : प्रम ओली


२०७७ जेठ १२ - काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले को'रो'ना संक'टको यो चुनौतीपूर्ण घडीमा जुध्न नसक्ने नेतृत्व फेरिन सक्ने बताएका छन्। सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना महामारीले ल्याएको संकटबारे चर्चा गर्दै यस्तो अवस्थामा जुध्न नसक्ने नेतृत्व फेरिन सक्ने जनाएका हुन। ‘समयको चुनौतीसँग जुध्न नसक्ने नेतृत्व फेरिन्छ’, उनले भने, ‘कोरोना नियन्त्रणका लागि सबै निकायसँग जीवन्त सम्वाद गरिनेछ। कोरोनाविरुद्धको जारी युद्धलाई कमजोर बनाइनु हुन्न।’ प्रम ओलीले विश्वका जुनसुकै कुनाका नेपालीलाई सहयोग गर्न नेपाल सरकार तयार रहेकाे बताउदै विदेशमा रहेका नेपालीहरु क्रमश घर फर्किन थालेकाे बताउनु भयाे । उनले भने मैले नेपाली रहेका राष्ट्र प्रमुखसँग सम्वाद गरेको छु। उहाँहरुले निश्न्ति रहन भन्नु भएको छ । ओलीले कसैले पनि आफ्नो इच्छा या रहरले कोरोना संक्रमण बोकेर नआउने पनि उल्लेख गरे। घर फर्किएकाहरुको आत्मसम्मानमा चोट पुग्नु हुँदैन । अफ्ठ्यारो बेलामा केही तत्व भ्रम फिजाएर आफ्ना स्वार्थ पूरा गर्न लागेका छन। यस्ता तत्वहरुबाट सतर्क रहन आग्रह गर्दछु।