नेताहरूकाे एउटै स्वर भारतले मिचेकाे भुमी नेपालकै हाे । उच्चस्तरमा सम्वाद गर


२०७७ वैशाख ३१ - काठमाडौं - प्रमुख राजनीतिक दलका प्रम्रख नेता र पूर्व प्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न नेपाल सरकारलाई सुझाव दिएका छन । साथै उनीहरूले जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन । बैठकमा सहभागी सबैले एक स्वरमा साे विवाद भएको भूमि नेपालको भएको बताएका छन। भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्व प्रधानमन्त्रीहरु र संसदमा भएका प्रमुख दलका अध्यक्षहरुलाई बोलाएर छलफल गरेका हुन् । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्ने पउनको जोड थियो । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरेका थिए । राप्रपा अध्यक्ष मध्येका एक प्रकाशचन्द्र लोहनीले सरकारले जति तदारुकता देखाउनुपर्ने हो, त्यो हुन नसकेको बताए । उनले अघि भने, ‘अब भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्दा जनतालाई विश्वासमा लिएर जानुस्, भित्रभित्र राखेर लुकाउने काम गर्नु भएन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘आफ्नो भूभाग फिर्ता गर्ने सरकारका हरेक प्रयासमा साथ रहने विश्वास र बचन दिनुभएको छ ।’ प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो भोलिसम्म कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरुले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बड्नेछ ।