बैंकका शाखाहरु बिहीबार देखि फेरि बन्द हुने !


२०७७ वैशाख ३१ - काठमाडाैँ - गत आइतबार देखि लकडाउन केही खुकुलाे हुना साथ धमाधाम खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु फेरी बन्द हुने भएका छन । पछिल्लाे समय नेपालमा को'रो'नाको सं'क्र'मण मामला तिब्र रूपमा अाएपछी बिहीबार देखि बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यालय बाहेक शाखाहरू बन्द गर्न नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गरेको छ । लामाे समय लकडाउन पछी खुलेकाे बैंकमा मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने बैंकले बैंकले जनाएकाे छ । त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ । लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ । अाज सम्म नेपालमा २४३ काे'राे'ना मामला देखिएकाे छ भने ३५ जना निकाे भएका छन ।