हरेक दिन बिदेशबाट ६ हजार नेपालीको उद्दार गर्ने प्रस्ताव


२०७७ जेठ ४ - काठमाडौं - नेपाल सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दारमा प्रभावकारी रूपमा लाग्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको हाे । यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर सरकारलाइ दबाव समेत अाउन थालेकाेले उद्दारका लागि गृहकार्य थालेकाे एक मन्त्रीले बताएका छन तर अन्तिम निर्णय भने प्रधानमन्त्रीमै भर पर्ने उनले बताएका छन । प्रधानमन्त्री अाेली साे प्रक्रियामा सहमत भए आवश्यक पुर्व तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको याेजना रहेकाे बताइएकाे छ । उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । बिशेष गरी रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहरुलाइ बिशेष प्राथमिकतामा राखिने समितिले जनाएकाे छ । यसरी उद्दार गरेर ल्याइने नेपालीहरुलाई केही दिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिने र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएछ । केही दिनको क्वारेन्टाइनपछि परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ । स्थानीय तहमा केही दिन क्वारेन्टाइनमा बसेपछि पुनः परीक्षण गरेर मात्र घर जान दिइनेछ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार तत्काल उद्दार गर्नुपर्नेहरुको संख्या लाखै हुने अनुमान छ ।