नेपाल भारत सिमानामा काँडेतार लगाउन माग


२०७७ वैशाख २८ काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा नेपाल र भारतको सिमानामा काँडेतार लगाएर घेराबार गर्न नेपाल सरकारसँग माग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सिमाना रक्षा गर्न काडेतार लगाई घेराबार गरी नेपाली सुरक्षा फौज सिमामा खटाउन सरकारसंग आग्रह गरेको हो ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल ले वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन राेक्न र गएकाे मंसिरमा भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजीगर्न तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै उनीहरूले नेपाल भारत सीमा नाकामा रहेकाे समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन। हेर्नुहोस् ज्ञापनपत्र यस्ताे छ :