नेपालकाे अाधिकारिक नया नक्सा अाज सार्वजनिक गरिँदै - NTV मा लाइभ हुने


२०७७ जेठ ७ - काठमाडाै - नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा अाधिकारिक रूपमा आज सार्वजनिक गर्ने भएको छ। आज नेपालकाे नया नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेकाे मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे । मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जानकारी समेत दिनुभयाे । उहाँले नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट आज दिउँसो २:१५ बजे हुनेछ ।