भारतबाट आउँदै हुनुहुन्छ? यी नाका मात्रै प्रयोग गर्नुस । अाफु पनी बचाै अरूलाइ पनी बचाअाैं


२०७७ जेठ १६ - काठमाडौ - नेपाल सरकारले छिमेकी मुलुक भारत रहेका नेपालीका लागि नेपाल आउने आधिकारिक नाका तोकेको छ। भारतबाट आउने नेपालीहरूमा कोरोना मामला तिब्र रूपमा भेटिएपछी थप संक्रमण न्यनिकरणकाे लागी सरकारले यस्तो कदम चालेको हो। भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नागरिकहरु जथाभावी प्रवेश गर्न थालेपछि त्यसलाई नियमन गर्न यस्तो कदम चालिएको बिडारीले बताए। शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भारत प्रवासबाट आउनेका लागि आधिकारिक नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन। बिडारीका अनुसार अब भारतबाट तोकिएका आधिकारिक नाकाबाहेक अन्यत्रबाट आउन पाइने छैन। ती नाकाबाट आउनेको स्वास्थ्य जाँच तथा क्‍वारेन्टाइनमा राख्‍नका लागि सरकारले यस्तो कदम चालेको हो। समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन आधिकारिक रुपमा तोकेका नाकाहरुमा बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरीफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, बिराटनगरको रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर रहेका छन्। पछिल्लो समय भारतबाट आएकै नागरिकहरुमा कोरोना देखिएपछि तीव्र गतिमा संख्या बढिरहेको छ। तीन दिनयता सयभन्दा माथिको दरमा कोरोना संक्रमित देखिएका छन्। ती सबै भारतबाटै आएका नागरिक रहेका छन्। अधिकांश संक्रमितहरु क्‍वारेन्टाइनमै बसेका छन्।