फेदीखोलामा बाँझो जग्गामा खेती गर्नेलाई राेपनी अनुसार गाउँपालिकाले अनुदान दिने - कसले कति पाउछन ?


२०७७ जेठ ६ स्याङ्जा - स्याङ्जा जिल्लाकाे फेदीखोला गाउँपालिकाले साे क्षेत्रमा बाँझो रहेका जग्गामा खेती गर्ने किसानलाई अनुदान रकम दिने भएको छ । नेपाल कृषिप्रधान देश भएकाेले खेतीयोग्य जमीन बाँझो हुँदै गए पछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई परतिस्थापन गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति ल्याएकाे गाउँपालिकाले जनाएको छ । आफ्नै जग्गामा धानखेती गर्नेलाई दुई रोपनीको रु ४०००, आफ्नै जग्गामा कोदो खेती गर्ने लाई प्रति रोपनी रु २००० र भाडामा लिएर धानखेती गर्नेलाई रु ५००० अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई रु २५०० अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । बिश्वब्यापी काेराेना महामारीका कारण लाखै नेपालीकाे राेजगारी गुम्न सक्ने वा लाखै बेराेजगार भइ देशमा संकट हुने सम्भावना उच्च छ । सम्भावित जाेखिम न्युनीकरण गर्न यस याेजनाले मदत पुग्न सक्छ ।