सामाजिक सुरक्षा भत्ता कटाैती होइन दायरा थप फराकिलो पारिनेछः प्रधानमन्त्री ओली


२०७७ जेठ १२ - काठमाडाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तामा कटौती नहुने प्रष्ट पार्नुभएको छ । देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बारे जानकारी गराउनुभएकाे हो । केही दिनयता सामाजिक सञ्जालमा सामाजिक सुरक्षा भत्ता कटौती गर्न लागेको भन्दै सरकारलाई ज्ञापनपत्रसमेत बुझाउने काम भएको थियो । अहिलेकाे अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने र सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ । यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।