कालीमाटी तरकारी बजारकामा काे'राे'ना परीक्षण - उपत्यकामा १० हजारकाे परिक्षण गरिने


२०७७ जेठ १ - काठमाण्डाै - काठमाण्डाै उपत्यकामा करिब १०,००० जनाको को'रो'ना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना सङ्कलन थालिएको छ । देशभरि को'रो'ना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले उपत्यकामा करिब १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको हाे । उपत्यकामा राहत वितरण गर्ने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण तयारी भएकाे हाे । त्यही अनुसार बिहीबार उपत्यकामा भित्रिने तरकारी हाेलसेल इलाका कालीमाटी तरकारी बजारमा करिब ६ सय जनाकाे कोरोना परीक्षणकाे लागि नमुना सङ्कलन गरिएकाे छ । कालीमाटी तरकारी बजारमा दुई सय जनाको पीसीआर परीक्षणका लागि तथा चार सय जनाको आरडीटी परीक्षणका लागि नमुना सङ्कलन गरिएको काठमाण्डाै महानगरपालिकाका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले बताउनुभयाे । होलसेल बजारलाई लक्षित गरी थोक बिक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पीसीआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडीटी परीक्षण गरिएको उहाँले जानकारी दिनुभयाे । सरकारले उपत्यकामा मात्र ४ दिन भित्र करिब १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी गरेको छ ।