भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत

२०७७ जेठ ५ काठमाडौ - मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको छिमेकी मलुलु भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन । नयाँ नक्सामा छिमेकी मुलुक भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनी समावेश गरिएको छ । सोमबारको मन्त्रिपरिषद्ले नक्सा पारित गरेको एक मन्त्रीले बताएका छन ।
