भारतसँग सीमा जोडिएका रुपन्देहीका सबै गाउपालिकाका नाकाहरू पूर्णरूपमा बन्द


२०७७ जेठ १ रुपन्देही - भारतसँग सीमा जोडिएका प्रदेश ५ काे रुपन्देहीका ७ गाउपालिकाहरूमा आवागमन पूर्ण रूपमा शिल गरिएको छ । सीमावर्ती स्थानिय तहमा कोरोना संक्रमित तिब्र रूपमा थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । अहिलेकाे सुचना अनुसार जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरि सिद्धार्थनगर र लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी र रोहिणी गाउँपालिकाहरूमा आवागमन पुर्ण रूपमा बन्द गरिएको जिल्ला प्रसाशन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको संयुक्त बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हाे । जिल्लाका सबै पालिकाहरूमा एक हजार क्षमताका क्वारेन्टाइन बनाउने निर्णय पनि बैठकले गरेको छ सम्भावित जाेखिमलाइ ध्यानमा राख्दै हुलाकी राजमार्गदेखि दक्षिण तर्फका यी पालिकामा जेठ ५ गते रातिसम्म घरबाट बाहिर आवत जावत समेत गर्न पाईने छैन ।