प्रम ओलीको भारतलाई प्रश्नः सत्यमेव जयते कि सिंहमेव जयते ?


२०७७ जेठ ६ - काठमाडाै - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते भनेर प्रश्न गरेका छन । राजधानी काठमान्डाैमा मंगलबार सरकारको नीति तथा कार्यक्रम माथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई साे प्रश्न गर्ने समेत बताउनुभएकाे हाे । प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ । प्रम अाेलीले ‘सत्यमेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वास चाहिँँ आफूले गर्ने प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे, म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ? प्रधानमन्त्री ओलीले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने भनाइ थियो । उहाँले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नेपालकाे नयाँ नक्साले पाठ्यपुस्तकदेखि धेरै कुरामा परिवर्तन ल्याउने बताउनुभयाे ।