यूएईले अाफ्नै दुइ बिमानमा नेपाली पठाउछाै भन्दै नेपालसंग माग्यो अनुमति


२०७७ वैशाख २९ - काठमाडौं - नेपालमा जारी लक डाउन तथा हवाइ उडान प्रतिबन्ध तथा अन्य ब्यबस्थापानहरू तयारी नपुगेकाेले नेपाल सरकारले बिदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई उद्धार गर्न ढिलाइ गरेकाेले सम्बन्धित मुलुकहरू आफैंले नै नेपाली नागरिक नेपाल ल्याएर छाड्ने भएका छन । सयुक्त अरब इमिरेट्स यूएईले दुइ वटा बिमानमा नेपाली कामदारहरु लाई नेपाल पठाउन लागेकाे भन्दै पत्र पठाएको हाे । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युएइका दुई विमान नेपाली लिएर आउने जानकारी सहित पत्र आएको बताएका हुन तर सम्भावित जाेखिमलाइ मध्यनजर गर्दै नेपाल अाउने नेपालीहरूकाे ब्यबस्थापन तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था भने न्युन रहेकाे छ । भारतबाट पनि दुइ लाख पचास हजार भन्दा बढी नेपालीहरू स्वदेश फर्किन चाहेका छन । नेपालले बिभिन्न श्रम गन्तव्य मुलुकमा रहेकाे बिभिन्न २१०८७१ नेपालीहरू तुरून्त नेपाल फर्काउनुपर्ने अवस्था रहेकाे जानकारी दिएका छन । विदेश स्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांक अनुसार भारत बाहेकका मुलुकबाट ३ २५ ५३० नेपाल फर्किन चाहेकाे बताइएकाे छ मन्त्री ज्ञावालीले संकटमा परेकालाई सबै नेपालीलाइ नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा सरकारले तयारी अघि बढाएकाे बताए । उता भारतले मंगलबार देखि रेल्वे सेवा सञ्चालन ल्याउदैछ अब नेपाल अाउने नेपालीकाे संख्या स्वत बढ्ने निश्चित छ । त्यसको लागि पनी नेपालले थप तयारी गर्नुपर्ने जिम्मेवारी पनी रहेकाे परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन । भारतमा रहेका सबै नेपाली नेपाल अाए नेपाललाइ ब्यबस्थापन गर्न मुस्किल पर्ने हुदा अन्य देशबाट समेत सबै नेपाली नेपाल फर्किए सरकारसंग ब्यबस्थापन गर्ने क्षामता नभएकाे मन्त्री ज्ञवालीले बताए । नेपाल भारत सिमा नाकामा र अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको सन्दर्भमा गृह मन्त्रालयले बिशेषा तयारी गरिरहेको आजभोलि नै साे विषय टुंगिने मन्त्री ज्ञवालीले जानकारी दिएका छन ।