वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने


२०७७ जेठ २ काठमाडौ - नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु'लाई नेपालमै उद्यम'शील बन्नकाे लागि सुरुआती पुँ'जी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी'ले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष'को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गर्नुभएकाे हाे। युवाहरूलाइ सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु समेत सञ्चालन गर्ने सरकार'को लक्ष्य रहेको समेत राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयाे । राष्ट्रपति भण्डारीले पर्याप्त आन्तरिक रोजगारी अबस्थाकाे तयारी भइनसकेको अवस्थामा काे'राे'नाका कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना लाइ मध्यनजर गरी युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको बताउनुभएकाे हाे ।