बजेटले उद्योग, जनता र मुलुक नै डुबाउँछ : नेपाली कांग्रेस


२०७७ जेठ १६ काठमाडौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेकाे बजेटले कोरोनाबाट प्रभावित नेपाली जनताको जीवन रक्षा गर्न नसक्ने जनाएको छ। शुक्रबार राजधानीकाे नयाँ बानेश्‍वरस्थित संघीय संसद भवनमा बसेको बैठकले सरकारले ल्याएकाे बजेट प्रचार मुखि मात्रै भएकाले यसले नेपाली जनताको जीवन रक्षा गर्न नसक्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए। भाषण मिठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बैठक पछि भने सरकारकाले बजेट प्रचारमुखी मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन । बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उनले बताए। कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन। ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ।

याे बजेट जनताको जीवनरक्षा गर्ने खालको छैन हामी खर्चको कटौतीको प्रस्ताव गर्छौ खाँडले भने कार्यान्वयन गर्न सक्ने अवस्था छैन त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ', उनले भने, यतापट्टी सरकारको सजकता नदेखिएकाे खाँडले बताए ।

कांग्रेस नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए। अर्का नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरु समेटिन नसकेको बताए। अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए। कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए।