लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारकाे घोषणा


२०७७ जेठ २ - काठमाडौ - नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा, कालापनी, लिपुलेक र लिम्पियाधुरा लगायतका भारत अतिक्रमित नेपालकाे भुभाग भएको र यसलाई नेपालकाे नक्सामा समाबेस गरी पुर्णा रूपमा नेपालकाे अधिनमा ल्याउन ठोस कूटनीतिक पहल गर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे ‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ । राष्ट्रपति भण्डारीले भारत बाट नेपालका अतिक्रमित नेपालका सीमा मा थप निगरानी गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत बताउनुभयाे । यस अगाडी साे क्षेत्रमा नेपाल प्रहरीकाे उपस्थिति बर्षमा करिब ५ महिना छारूङ मा बस्ने गरेकाे भएपनी बुधवार देखी नेपालकाे २५ जनाकाे शसस्त्र सिमा सुरक्षा बल कालापानीमा खडा गरिएपछी साे टाेलीले उक्त क्षेत्रमा गस्ति तथा निगरानी सुरू गरिसकेकाे छ । पछिल्लाे समय लिपुलेकमा भारतले नेपालकाे भुमीमा चीन जाेड्ने सडक मनाेमानी रूपले बनाएपछी नेपालमा चर्काे बिराेध भएकाे हाे । ६ मिना अगाडी भारतले नेपालकाे लिपुलेख देखी लिपियाधुरा सम्मकाे भुभाग अाफ्नाे भएकाे बताउदै भारतकाे नक्सामा जारी गरेपछी त्यसकाे पनी नेपालमा कडा बिराेध भएकाे थियाे भारतकाे साेही कदमलाइ माथ दिन नेपालले साे भुभागनै समेटेर फेरी नेपालकाे नक्सा जारी गर्न लागेकाे हाे ।