नेपालमा अाज १७० कोरोना मामला थपियाे, नया मामला कहा कहा ? हेर्नुस पुरा बिबरण


२०७७ जेठ १६ काठमाडौ - पछिल्लाे समय हरेक दिन नेपालमा रेकर्ड ब्रेक संक्रमण पुष्टी भैरहेकाे छ । हिजाेमात्र १५६ मामला देखिएकाे नेपालमा अाज शुक्रबार थप १७० मामला पुष्टी भएसंगै नेपालमा थप १७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अाज झापाका २७, सप्तरीका ४, बाराका ४ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जना , यस्तै धरानमा भएको परीक्षणमा सहित ५ जना, यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको हाे । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको हाे ।