शैक्षिक प्रमाणपत्र'को आधारमा व्यवसाय गर्न नगद दिने‍ सरकारकाे घाेषणा


२०७७ - २ जेठ - काठमाडौ । नेपाल सरकारले शैक्षिक याेग्यता (प्रमाणपत्र) को आधारमा व्यवसाय सुरू गर्न नगद दिने‍ कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि सुरूआती पुँजी उपलब्ध गराइने घोषणा गर्नु भएकाे हाे । यसरी पुँजी उपलब्ध गराउँदा शिक्षासँग सम्बन्धित व्यवसाय गर्नका लागि परियोजना निर्माणमा पनि सरकारले नै सहयोग गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयाे ।