हिटलर द्वारा सुचना जारी ललितपुरमा आफ्नै कोठामा पनी प्रवेश निषेध !


२०७७ जेठ १ - काठमाडौ - ललितपुर महानगर'पालिका वडा नम्बर- ६ ले बिहीबार एक कडा सुचना जारी गरेकाे छ । ललितपुर महानगर'पालिका वडा नम्बर - ६ का वडाध्यक्ष हिटलर शाक्यका अनुसार लकडाउनको समयमा अन्य बाहिरी जिल्ला वा विदेश'बाट फर्किने ललितपुर महानगरपालिका वडा नम्बर ६ भित्र आउने व्यक्ति'हरु लाई प्रवेश नै निषेध गरिएको जनाएकाे हाे । वडा नम्बर ६ ले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन अन्रुराेध गरेकाे छ । यदि कसैले त्यस्ता सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइन'मा लाग्ने खर्च समेत आफैंले व्यहोर्नु'पर्ने कडा चेतावनी पुर्ण सुचना समेत जारी गरेकाे छ । नेपाल सरकारले गत वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योग'धन्दा, बैंकहरु खोल्न अनुमति दिए'पछी अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालिसके'का छन तर पछिल्लाे समय नेपालमा काे'राे'ना मामला तिब्र बढे'संगै स्थानीय सरकारहरू'ले स्थानिय निकायमा थप कडाइ गरेका हुन । हेर्नुस यस्ताे छ सुचना