नेपाल को'रोनाको उच्च जोखिममा छैन : स्वास्थ्य मन्त्री


वैशाख १९ - काठमाडौं - नेपाल को'रो'ना भा'इरस (को'भिड-१९) को उच्च जोखिम'मा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु'भक्त ढकालले बताए'का छन । उपयुक्त समयमा लकडाउन'को विधि अपनाइएको र सर्व'साधारणले सामाजिक दुरी कायम राखेर सहयोग गरेकाले उनले नेपालमा को'रोनाको जोखिम नियन्त्रण गर्न सकेको बताए । सुरुमा विश्व स्वास्थ्य संगठनले उच्च जोखि'ममा राखेको तर पछि सरकार र सबै सरोकारवालाले चालेको कदमले त्यो सूचीबाट हटेको मन्त्री ढकालले बताए । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको वि'धायन व्यवस्थापन समिति'मा मन्त्री ढकालले नेपालमा अपनाइएको साव'धानीका कारण उच्च जोखिममा नरहेको बताएका हुन ।

को'रोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको मन्त्री ढकालले बताए । अहिले दक्षिण पूर्वी एसियाको तथ्यांक हेर्ने हो भने को'रोनाका कारण ज्या'न नगुमाएकाे १० मुलुकमध्ये नेपाल पनि हो । दक्षिण एसियामा भुटान र माल्दिभ्स पछि नेपाल तेस्रो स्थानमा छा. उनले भने, जसरी विश्वमा म'हामारीको अवस्था ल्याएको छ त्यसमा गरिएका सावधानीले हामी उच्च जोखि'ममा छैनौँ । सबै भन्दा पहिला नेपालकाे को'रोनाकाे केश यकिन गर्न स्वाब हङकङ पठाइए'को थियो तर अहिले नेपाल'भित्रै १६ ठाउँमा परीक्षण गरेर यो हो कि होइन भन्ने टुंगो लगाउने अवस्था'को सफलता प्राप्त गरिएकाे उनले बताए ।