सगरमाथा चीनमा भने लेख्ने चाइनिज मिडियायले सच्चायाे गल्ती


२०७७ बैशाख २८ चीनको एक ख्यातिप्राप्त सरकारी सञ्चार माध्यम ले विश्वकै सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने तर्क गरेको थियाे । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले सगरमाथा चीनमा पर्ने दाबी सहित तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेको थियाे । सीजीटीएनको ट्विटर ह्याण्डलमा सगरमाथालाई चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणी क्षेत्रमा पर्ने भनेर चर्चा गरेकाे थियाे । नेपालबाट जसकाे चर्को विरोध भएपछि चिनियाँ मिडियाले उक्त विवरण हटाएर नयाँ ट्विट गरेको छ। जसमा सगरमाथा चीन र नेपालको सीमामा रहेको बताएको छ। भारतले नेपालको लिपुलेक क्षेत्रको लाखौं हेक्टर भूमि हडपेको आलोचना भइरहँदा चिनियाँ सञ्चारमाध्यमको एउटा ट्विटविरुद्ध नेपालीहरुले आफ्ना भनाइहरू पनी सार्वजनिक गरिरहेका छन । हेर्नुस नया ट्वि यस्ताे छ
In pictures📸: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl
— CGTN (@CGTNOfficial) May 10, 2020
