इन्डियामा थप २ साता लकडाउन थपियाे । नेपालमा बैशाख २५ पछी के हाेला ?


वैशाख १९ काठमाडौँ - बिश्वबयापी काे'राेना महामारी नियन्त्रण गर्न इन्डियाकाे सरकारले अाज लकडाउन थप दुई साता लम्ब्याउने घाेषणा गरेकाे छ । यो'सँगै इन्डियामा मे १७ सम्म लकडाउने हुने पक्का भएको छ । इन्डियाको गृह मन्त्रालय'ले अाज शुक्रबार लकडाउन थप दुई साता बढाउने निर्णय गरेको हो । लकडाउन लम्बाइएकाे भएपनी पहिले एकदमै जस्तो कडा नहुने त्यहकाे गृह मन्त्रालयले जनाएको छ , मन्त्रालयका अनुसार को'रोना सं'क्रमण देखिएको स्थानहरूमा नेपालमा जस्तै कडा हुने अन्य क्षेत्रहरुमा लकडाउन केही खुकुलो हुने इन्डिया'को गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएकाे छ ।

इन्डियाकाे प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ तारिखका दिन लकडाउन मे ३ सम्म'का लागि लकडाउन घोषणा गरेका थिए र अहिले साे अवधी पुन लम्बाइएकाे हाे । लकडाउन कडा बनाउने या खुकुलो बनाउने भन्‍ने विषयमा सम्बन्धित जिल्लाहरुमा देखिएको को'रोना संक्र'मितका बिरामीहरुको आधारमा गरिने इन्डियाकाे सरकारले जनाएको छ । विकिपिडियाका अनुसार भारतमा हालसम्म ३५,३६५ जनमा संक्रमण भेटिएकाे छ जसमा ९,०६५ निकाे भएका छन भने ११५४ जनाकाे ज्यान गएकाे छ । नेपालमा पनी हाल सरकारले बैशाख २५ सम्म लकडाउन ताेकेकाे छ । सं'क्रमणमा भारतबाटै सबै'भन्दा डर रहने नेपालले २५ गते पछी लकडाउन खुकुलाे पार्ने तयारी गरिरहदा भारतमा निरन्तर संक्रमण बृदि हुनुका साथै नेपालमा पनी संक्रमण बढीरहेकाे बेलामा नेपाल सरकारले कस्ताे कदम चाल्छ त्याे भने हेर्न बाकी छ । नेपालमा हाल सम्म ५९ जनामा काेराेना पाे'जेटिभ भेटिएकाे छ जसमा अधिकांस भारबाटै अाएका रहेका छन । जसमा १६ जना भने निकाे भएर घर फर्किएका छन ।