AP1 टेभिको नक्कली प्रेसकार्ड भिरेर चोरीमा लागेका २ पक्राउ


२०७७ जेठ ७ - काठमाडाै - राजधानीमा अबस्थित नेपालकाे एपिवान टेलिभिजनको नक्कली प्रेसकार्ड भिरी चोरी धन्दामा लागेका २ युवा पक्राउ परेका छन । लकडाउनको समयमानक्कली प्रेसकार्ड भिरेर चोरीमा लागेका दुई युवा पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी इश्वर कार्कीले बताउनुभयाे । पक्राउ पर्नेमा आश्रय रिजाल भन्ने मिहाल रसाईली र अलि आलम मिया रहेकाछ न धारिलो हतियार समेत बोकेर उनीहरुबाट चोरीएको सामानहरू ल्यापटक र उनीहरुको मोटरसाइकल समेत प्रहरीले बरामद गरेकाे छ । उनीहरुले ३ जेठमा सिनामंगलस्थित होस्टलमा ल्यापटप, आइप्याड चोरी गरेका हुन । सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई मंगलबार गौशलाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।