कपिलवस्तुका कोरोना संक्रमित प्रायः भारतबाट लुकिछिपी नेपाल फर्किएका !


२०७७ जेठ १ कपिलवस्तु - प्रदेश ५ कपिलवस्तु जिल्लामा को'रो'ना संक्र'मित पुष्टि भएकाहरू करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेकाे खुलेकाे छ । को'रो'ना भा'इ'रसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ । गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ । लकडाउन खुकुलाे भएयता तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब ३४०० भन्दा बढी मानिस सीमा नाकाबाट लुकि'छिपी कपिलवस्तु प्रवेश गरेकाे बताइएकाे छ । भारतबाट कपिलबस्तु अायनेमा वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइन'मा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतबाट फर्केकाहरु क्वारेन्टाइन'मा भरिएपछी व्यवस्थापनमा समेत थप चुनौती देखिएको छ । त्यहाबाट अहिलेसम्म पिसिआरका लागि ६६२ जनाको स्वाब संकलन गरी पठाइएकामा ४७६ जनाको नतिजा मात्र आएको छ ।