मगर Public ग्रुप अायोजित टिकटक भिडियो प्रतियोगिता बिजेता बनिन तिर्सना झेंडी मगर



२०७७ जेठ ११ - पोखरा - भाषा, भेषभुषा, कला, संस्कृतिलाई संरक्षण संम्बर्द्धन गरौ भन्ने उद्देश्यको साथ "मगर public group" द्वारा आयोजित मगरपनको गितहरु (सालैजो, झ्याउरे, कौह्रा, हुर्हा, मारुनी, थालिनाच आदि) मा आधारित Tik Tok प्रतियोगीतामा पाल्पाकी तिर्सना झेडि मगर प्रथम हुन सफल भएका छन ।
जेठ १ गते देखी दुई चरणमा खेलाईएको सो प्रतियोगितामा ५१ जनाको प्रतिस्प्रधीबाट प्रतियोगितामा टप १० हुदै जेठ १० गते शनिबार फाईनलमा लाइककाे अाधारमा बिजेता घोषणा गरिएको हो । जसमा ३४१७ मत सहित तिर्सना झेडी मगरले प्रथम स्थान हासिल गर्नु भएको हो ।
त्यसै गरी ३०८० मतका साथ कामना फगामी मगरले दोस्रो स्थान हासिल गर्नुभएको छ  ।
राम गर्बुजा मगरले कुल २३२६ मत सहित तेस्रो स्थान हासिल गर्नुभएको छ । त्यसैै गरी उत्कृष्ट प्रस्तुती पुरस्कार ईन्दु तिलिजा मगर (साट्ना) ले प्राप्त गर्नुभएको छ ।


Sagar Ale Dhamaka