मगर गुमुस्ठा (मगर को काट छान्म नुङके लाम) अायाेजित बक्तित्वकलामा मान मास्की राना मगर प्रथम हुन सफल


२०७७ बैशाख २० - पाेखरा - २०७७ साल बैशाख १३ गते देखी बैशाख १७ गते सामाजिक संजाल फेसबुक ग्रुप मगर गुमुस्ठा ( मगर को काट छान्म नुङके लाम)ग्रुप पेज मा खेलाईएको मगर जातिको इतिहास के थियो र अहिले कता तिर गइरहेको छ भन्ने विषयमा बक्तित्वकला प्रतियोगिता स्याङजाका मान मास्की राना मगर प्रथम हुनुभएकाे छ ।

त्यसै गरी गोर्खाका अन्जान थापा मगर दाेस्राे र सुर्खेतका गौरा घर्ती मगर तेस्राे हुनुभएकाे हाे ।

नौ(९) जना मगर लाफाहरूकाे सहभागिता रहेकाे साे प्रतियोगिमा आज पाँच दिन पछि ९ जना प्रतियोगि हरु मध्ये ३( तिन) जना प्रतियोगि हरु लाई निर्णयक मंडल मुल्यांकन समिति र मगर गुमुस्ठा एड्मिन परिवार को मुल्यांकन को आधार मा नतिजा प्रकासित गरिएको संस्थापक एडमिन तथा खेल संयाेजक केबि. खाम्चा मगरले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा भेषभुषा,प्रस्तुति, अनुसन्धान, तर्कशिलता, निचोड,बिषय बस्तु, शब्द, जम्मा र कैफिगतकाे अाधारमा सबै नियम पुरा गरि तीन जनालाई बिजेता घोषण गरिएकाे थियाे । साे प्रतियाेगिताकाे मुल्यांकन समितीमा तिलक सोमै मगर, संजोक लाफा मगर, मगर गुमुस्ठा एड्मिन परिवार रहनुभएकाे थियाे ।

प्रतियाेगिताकाे पुरस्कार साैजन्य jhorley consultancy Hong Kong like page , तिलक सोमै मगर (हङकङ ) र अन्य ६ जना प्रतियोगिहरु लाई पनि मगर गुमुस्ठा परिवारको तर्फबाट रु ५००-५०० को रिचार्ज कार्ड गरेका छन साथै कृष्ण दिसुवा मगर ( पाल्पा ) हाल दक्षिण कोरियाबाट प्रथम दाेस्राे र -तृतिय तिनजना बिजेता लाई थप ५००-५०० को रिचार्ज कार्ड स्पोनसर पुरस्कार रहेकाे छ ।

खेल संयोजक सस्थापक : केशव खाम्चा मगर,

एड्मिन परिवार, अध्यक्ष : कुमारी सारु मगर, संस्थापक : केशव खाम्चा मगर, सह संस्थापक : रेशम राना मगर, ब्यावस्थापक : नारद रामजाली बुढा मगर, सह ब्यावस्थापक : प्रकाश पुन मगर, कोष अध्यक्ष: रोशनी राना मगर, मगर ढुट कार्यक्रम संचालिका: जिबु सारु मगर, सह संचालिका : आर्मित्मा थापा मगर, कार्यक्रम खाम मगर पाङ संचालिका:राम्जिता मगर, सल्लाहकार :दिनेश मगर, मगर भाषा प्रशिक्षक: उमा बलाल मगर