१२ बर्ष मुनिका मगर पोशाक बिजेता बनिन स्याङजाकी समीक्षा र पूर्व रुकुमका आन्बु मगर


२०७७ बैशाख २१
अनिल लामिछाने मगर(कोरिया)
मगर संसार (magar sansar)फोटो ग्यालरी ग्रुप पेजको तेस्रो बार्षिक उत्सबको अवसरमा  २०७७ बैशाख १८ गते बिहीबार देखि २१ गते ३ दिन सम्म खेलाईएको १२ बर्ष मुनिका मगर बाबुनानीहरूको सिंगल भेषभूषा फोटो प्रतियोगितामा  समीक्षा मगर आन्बु मगर बिजेता भएका छन ।
नानी र बाबुहरूकाे लागी  छुट्टा छूटै पुरस्कार राखी  खेलाइएको साे  खेलमा बाबु तर्फ पूर्व रुकुम तकसेरा-१० हाल ktm बस्नुहुने बर्ष ५ का आन्बु बुढामगर प्रथम हुन सफल भएका हुन । आन्बुकाे जम्मा ४७३५ लाइक प्राप्त  भएकाे थियाे ।  त्यसै गरी नानि तर्फ स्याङ्जा ,वालिङकी ७ बर्षीय समीक्षा सारु मगर प्रथम हुन सफल भएका हुन। समीक्षालाइ टोटल ८५७२ लाइक प्राप्त  भएकाे थियाे ।


 बाबू तर्फ  ४१४० लाइक सहित नवलपरासी भूमहिका १० महीनाको बाबू प्रसिद्ध थापा मगर  दोस्रो  भएका छन  भने नानि तर्फ चितवन भरतपुरकी ५ बर्षीय जेनी थापा मगरले ७६३५ मत का साथ दोस्रो स्थान हात पारेकी थिइन।

त्यसै गरि  ३६७५ मत सहित  बाबू तर्फ ktm का १५ महीनाका बाबू अध्यन थापा मगर तेस्रो भएका थिए  र नानि तर्फ म्याग्दी देबिस्थान हाल जापान बस्नु हुने ३ बर्ष ४ महिनाकी यूमिको फगामी मगरले   ७४७२  लाइक सहित तेस्रो स्थान हात पारेकी थिइन। 


त्यसै गरि top 4 मा ३०१५ लाइक  बाबू तर्फ नवलपुर -२,कोलियाका १८ महीनाका निस्मिक सारू मगर    र नानि तर्फ भने स्याङजा गल्याङ्ग हाल इंडिया देहरादून बस्नुहुने ३ बर्षीय बन्नाता थापा मगर ६१३७ मतका साथ top 4 मा पर्न सफल हुनु भएको थियो।

साे प्रतियाेगिताम Top 5 मा २१३७ मत सहित  बाबू तर्फ़ पूर्व रुकुम पूठा उत्तरगंगा -१० तकसेराका साढे ३ बर्षीय बाबू ङामीसाङ मगर  र  नानि तर्फ ४८५१ मत  बागलूङ हाल पोखरा बस्नुहुने ३ बर्षीय नानि कृषा घर्ती मगरले  हात पारेकी थिईन। 


🏆🏆पुरस्कारहरु:-🏆🏆
.........................
✅बालक तर्फ :-💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:केदार राना,इटहरी-२,सुनसरी हाल जापान)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:इनुप पुनमगर ,गुल्मी हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:निर्देशन थापा, स्याङजा,हरिनाश-४,झिरुबास)


.............................
✅बालिका तर्फ💐💐💐💐
👉प्रथम पुरस्कार रू.२,०००/- को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:कमल आलेमगर, पोखरा हाल कोरिया)

👉दोस्रो पुरस्कार रू.१२००/- को रिचार्ज कार्ड
(सीजन रोकामगर,बागलूङ हाल कोरिया)

👉तेस्रो पुरस्कार रू.८००/-को रिचार्ज कार्ड
(पुरस्कार प्रायोजन:सीजन रोकामगर, बागलूङ् हाल कोरिया)


💐💐पुरस्कार थप💐💐
.......................
भेषभूषा फोटो प्रतियोगितामा निकै प्रभावित भई खुसीले प्रथम हुने प्रतियोगी नानु तर्फ 1 सेट मगर ड्रेस उपहार स्वरुप प्रायोजन गर्नुहुने बुटवल हाल कोरिया कार्यरत चन्द्र बा.लम्तरी मगर र त्यसै गरि बाबू तर्फ प्रथम हुने प्रतियोगी बाबूलाई 1 सेट लमगर ड्रेस उपहार स्वरुप प्रायोजन गर्नुहुने बुटवल हाल कोरिया कार्यरत बिनु बलाल मगर & प्रेम बा.लम्तरी मगर लाफा जिउहरुलाई बिशेष धन्यवाद ।

 खेलको दौरानमा बाबुनानीहरूको त्यो पहिचान बोकेको पहिरनले निकै मन प्रफुल्ल भई सो खुसिले टोटल ५९० जनानै उत्कृष्ट भयता पनी, ३ प्रतियोगी बाबुनानीहरुलाई ५/५ हजारको दरले रू.१५०००/- रकम सहयोग पठाउनु हुने चितवन घर हाल uk (लण्डन) बस्नुहुने मनकारी लाफा ज्योति रजाली मगर जिउलाई बिशेस धन्यबाद ब्याक्त गर्दछौ।

३ जना प्रतियोगी उत्कृष्ट पोशाक लगाय बापत रू.५/५ हजारबाट पुरस्कृत हुनुहुने तीन प्रतियोगी निम्न छन:
१) सोइसा आले मगर ,नवलपरासी
२) रुबिन थापा रामजाली मगर ,स्याङजा विरूवा-८
३) प्रिया बुढा मगर पूर्व रुकुम,पूठा उत्तरगंगा -१०,तकसेरा हाल ktm


भाषा कला संस्कार संस्कृतिलाई संरक्षण गरौ र मगर समुदायलाई समाजिक माध्यम बाट केहि जनचेतना सँगै मगरलाई आफ्नो पहिचान बारे अबगत गरौ भनी खोलिएको मगर संसार आफैमा लोक प्रिय ग्रुप हो ।
जसमा विश्व भरिकै मगर बाबुनानीहरुलाई सहभागी गराइएको थियो। जसमा आज सम्मकै सबै भन्दा बढी ५९० जना बाबुनानीको सहभागिता रहेको थियो। पोस्ट भने एडमिनले दियको ९ घण्टा भित्र आफ्नो बाबुनानीको फोटो आफैले पोस्ट गरि llike को आधारमा बिजेता घोषणा गरिएको थियो।

3 वर्षको हारहारिमा मगर समुदाय भित्रको सामाजिक सञ्जाल फेसबुक ग्रुपहरु मध्य सबै भन्दा बढी मगर लाफालाई जोइंड गरि सबैको मन मनमा बस्न सफल मगर संसारमा अहिले दुइ लाख सत्र हजारको आसपासमा मेम्बर  रहेका  छन।
ग्रुप ले गरीब,अशक्तको लागि पनीं धेरै सहयोग गरिसकेको र सँगै भाषा र पहिचान लाई प्रमुखताको साथ अघि लगेको र लैजाने संस्थापक एवं खेल संयोजक अनिल लामिछाने मगर ले हामीलाई जानकारी दिनु भयको छ।

✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )
एडमिनहरु:-
1)#राज थापा(बाग्लूङ्,हाल जापान)
2)#Laxmi आलेमगर(पाल्पा)
3)#रंजु बडकौली मगर( धादिङ)
4)#रेहना मगर(महोत्तरी,हाल ktm)
5)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
6)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
7)#Mb मगर(सिन्धुली,हाल दुबई)
8)#Sbs पाल्पाली मगर(पाल्पा,हाल इंडिया)
9)#आयुष्मा मगर(पाचथर)
10)#स्मारिका सोती मगर(नवलपरासी,हाल इंडिया)
11)#प्रेम सिंजाली मगर(सुर्खेत,हाल मलेशिया)
12)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
13)#एलिना थापा मगर(गोरखा,हाल जापान)
14)#छिनिङ मगर( सुर्खेत)
15)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
16)#रमेश बाबू थापमगर(स्याङजा,हाल ktm)
17)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
18)#नबीन मगर(नवलपुर)