मौलिक एकल लोक गायन प्रतियोगितामा उत्कृष्ट लोक गायक र गायिका बने बिनोद र सन्ध्या


२०७७ जेठ १२
सामाजिक सञ्जाल फेसबुक ग्रुप: मगर संसार(Magar sansar)Photo Gallery ग्रुप पेजद्वारा मौलिक एकल लोक गायन प्रतियोगिताकाे उत्कृष्ट कलाकार घाेषणा गरिएकाे छ । 

 मगर संसार(Magar sansar)Photo Gallery ग्रुप पेजद्वारा मगर लाफाहरुको कला, गला र प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यही जेष्ठ ३ गते सुरु गरि जेष्ठ ११ गते २ चरणमा गरि सम्पन्न मौलिक एकल लोक गायन प्रतियोगितामा उत्कृष्ट लोक गायक तर्फ रामपुर-६,तिलकपुर पाल्पा हाल यू ए ई मा कार्यरत विनोद घर्ती मगरले र महिला तर्फ उत्कृष्ट लोक गायिकाको उपाधि दैलेख , नौमुले हाल बुटवल बस्नुहुने सन्ध्या राम्जाली मगरले उपाधी हात पारेका हुन । 

  प्रतियोगिताकाे उत्कृष्ट  उपाधी तर्फ पुरस्कारको सौजन्य घोराही ,दाङ हाल मलेशिया कार्यरत बीरू पुनमगरले गर्नुभएको हाे   । 

टोटल २१८ जना मगर लाफाहरूको सहभागिता रहेको उक्त लोक गायन प्रतियोगितामा निर्णायक द्वय  चर्चित कलाकार/गायक/सर्जक :सी.पी मगर र गायिका सरिता सारू मगरले मुल्यांकन  गर्नु भइ उत्कृष्ट बिजेता छनाेट गरिएकाे  खेल संयोजक तथा संस्थापक अनिल लामिछाने मगरले जनाकारी दिनुभयाे ।

 हिजाे मात्र लाइककाे अाधारमा अन्य बिजेताहरू घाेषणा गरिएकाे थियाे ।     याे पनी पढ्नुस :  मगर संसारद्वारा मौलिक एकल लोक गायन प्रतियोगितामा बिजेता बनिन पाल्पाकी मुना लम्तरीमगर