मगर टिक टक-फाेटाे ग्यालरी अायाेजित टिकटक प्रतियाेगिताकाे उपाधी बिषेसता सारू मगरले जितिन


२०७७ जेठ १८ पाेखरा -  
सामाजिक संजाल फेसबुक - मगर टिक टक- फाेटाे ग्यालरी ग्रुप (Magar TicTok - Photo Gallery Group) ले स्थापनाकाे पहिलाे चरणकाे कार्यक्रम अन्तर्गत अायाेजना गरेकाे मगर भेषभुषामा टिक टक भिडियाे प्रतियाेगितामा  कुल मत सहित गाेरखा हाल काठमाणडाै निवासी बिषेसता सारू मगर प्रथम हुन सफल भएका छन । 
बिषेसता सारू मगरले १३८६ लाइक सहित  ३२ प्रतियाेगितलाइ उछिन्दै प्रथम स्थान हासिल गरेका हुन ।   त्यसै गरी म्याग्दी बिम का  दिपा मगर कुल १३२२ लाइक सहित दाेस्राे हुन सफल हुनुभएकाे छ ।
 यसै गरी १२६१ लाइक सहित गाेरखा हाल भरतपुर चितवनका  सलिना राना मगर तेस्राे हुनुभएकाे छ ।    त्यसै गरी  राेश्नी राना मगर तथा हिरा थापा मगर ले उत्कृष्ट प्रस्तुती  छनाेट पुरस्कार प्राप्त गर्नु भएकाे छ । 

बिजेताले क्रमस प्रथम हुनेले रू१,०००+ प्रमाण पत्र , दितिय हुनेले रू ५,००+ कभर फाेटाे+ प्रमाण पत्र र तृतिय हुनेले २००+ प्रमाण पत्र र उत्कृष्ट छनाेटका २ जनाले रू१५०/१५० प्राप्त गर्नेछन  भने सहभागी अन्य  सबै  लाफाहरूले प्रमाण पत्र प्राप्त गरेका छन  । 

मगर भाषा, भेषभुषा, कला, संस्कृति लाई संरक्षण र संम्बर्द्धन गरौ  भन्ने मुल नाराकाे साथ गत जेठ १३ गते मंगलबर  देखी अायाेजना भएकाे यस प्रतियाेगिता मा ३३ जना मगर लाफाहरूकाे सहभागिता रहेकाे थियाे ।  
जसमा गत १३ गते बिहान १० बजे देखी बेलुकी ८ बजे सम्म भिडियाे पाेष्ट अबधी राखिएकाे थियाे भने जेठ १८ गते बेलुकी ५ बजेसम्मकाे लाइकलाइ मान्यता दिइएकाे थियाे ।    प्रतियाेगितामा  पहिलाे दाेस्राे र तेस्राे बिजेता कुल लाइककाे अाधारमा घाेषणा गरिएकाे थियाे। 

मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group परिवार
हेर्नुस यसै  प्रतियाेगिताका भिडियाेहरू :