मगर गुमुस्ठा (मगरको काट् छान्म नुङ्के लाम) ग्रुप अायाेजित भाषा सहित एकल फोटो प्रतियोगिताकाे बिजेता बनिन लिजा मगर


२०७७ जेठ १३ पाेखरा
सामाजिक संजाल मगर गुमुस्ठा (मगरको काट् छान्म नुङ्के लाम) ग्रुप  अायाेजित २०७७ साल जेष्ठ ९ गते शुक्रबार बिहान  १० बजे देखी सुरु भएको  भाषा सहित एकल फोटो प्रतियोगितामा  लिजा राना मगर ( स्याङ्जा ) प्रथम हुन सफल हुनुभएकाे छ ।  
लिजा राना मगरले कुल  २,९२० मत सहित बिजेता हुन सफल हुनुभएकाे हाे ।  प्रथम पुरस्कार बिजेताले  रु, ३, ००० प्राप्त गर्नु भएकाे छ । 
m%252Cagar%2Bdhut%2B
Advertise


त्यसै गरी  मन्सु थापा मगर ( पोखरा )  कुल  १,९२१ मत सहित दाेस्राे हुनुभएकाे छ ।  दोस्रो पुरस्कार राशी रु , २,०००   रहेकाे छ ।  साथै ईन्जु थापा मगर ( पोखरा ) १,४१६ मत सहित तेस्राे  पुरस्कार रु , १,५००  प्राप्त गर्नुभएकाे  छ । 

 मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) ग्रुप वा मगर हरुको साझा घर भित्र भएको भाषा सहित एकल फोटो प्रतियोगिताको लागि नवलपुरमा जन्मनुभइ  सराई भरतपुर ११ चितवन बसाइ र हाल  UK  लण्डन निवासी ज्योती रजाली मगरले रु,  ८,५०० sponsor गर्नु भएको हाे  ।   

उत्कृष्ट पहिचान पोसाक  तर्फ सुन्छहरी ७ जेल्बाङ्ग रोल्पाका  श्रवण कुमार गाहा मगर र  बबिता पुन मगर छनोट हुनु भएको छ । उहाहरूले क्रमश पुरस्कार रु , १,०००/१००० प्राप्त गर्नु भएकाे छ ।  
तिलक सोमै मगर,  संजोग लाफा मगर  र गुमुस्ठा एड्मिन परिवार उत्कृष्ट पहिचान पोसाक  मुल्यांकन समिती मा रहनुभएकाे मगर  गुमुस्ठा ,( मगरको काट छान्म नुङ्के लाम ) ग्रुपका सस्थापक केशव खाम्चा मगरले बताउनुभयाे  । 

गत  जेष्ठ ९ गते देखि  आयोजना गरिएको  साे कार्यक्रम जेष्ठ १२ गते बिजेता घाेषणा गरिएकाे हाे  । मगर जातीय मगर भाषा सहित मौलिक पहिचा पोसाक भेष ,भुषा एकल फोटो प्रतियोगितामा  ८८ जना मगर लाफाहरूकाे सहभागिता रहेकाे थियाे । 


अध्यक्ष :कुमारी सारु मगर    
संस्थापक : केशव खाम्चा मगर   
सह संस्थापक : रेशम राना मगर
ब्यवस्थापक : नारद रमजाली बुढा मगर 
 सह ब्यावस्थापक : प्रकाश पुन मगर
कोष अध्यक्ष : रोशनी राना मगर
मगर ढुट कार्यक्रम संचालिका : जिबु मगर्नी  मगर
सह संचालिका : आर्मित्मा थापा मगर
 खाम मगर पाङ कार्यक्रम संचालिका :राम्जिता मगर
सल्लाहकार : दिनेश मगर
m%252Cagar%2Bdhut%2B
Advertise