सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गर्याे - अब भुभाग नै फिर्ता ल्याउने दायित्व


२०७७ जेठ ५ - काठमाडौ - सोमबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपाल सरकारले छिमेकी मुलुक भारतले अतिक्रमण गरेकाे लिम्पियाधुरा, लुप्रलेक, कालापनी क्षेत्र लगायत भूभाग समेटेर नेपालले नयाँ नक्सा जारी गरेको छ। छिमेकी मुलुक भारतले बिगत दशकाै देखी कब्जा जमाएकाे लिम्पियाधुरा, कुटी, गुन्जी, नाभी, लिपुलेक सहितका क्षेत्र नयाँ नक्सामा समेटिएको हाे । यस अगाडी नेपाल सरकारले भारतको यस कदमप्रति असहमति जनाउँदै आएको थियो। हाल ब्यापक चर्चामा रहेकाे भारतले सडक खनेकाे क्षेत्र पनी साेही नया थप गरिएकाे भागमा पर्छ । भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक बनाएको तथा सीमा क्षेत्रमा आफ्नो सैनिक राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। नेपालको संविधानको धारा ४ उपधारा २ मा नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ भनिएको छ- क. यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र र ख. यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र । यद्यपि जारी गरिएकाे नयाँ नक्सा भने राजपत्रमा प्रकाशन भएकाे छैन । सम्भवत छिटै नक्सालाई आधिकारिकता दिइने छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब भारतले आफ्नो नक्सा पनि बदल्नु पर्ने बताए उनका अनुसार अनुसार अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटरको बदला १ लाख ४७ हजार ४ सय ९१ बर्गकिलोमिटर हुनेछ । सरकारले नेपालकाे भुभाग समेटेर नया नक्सा जारी गरेपछी अब भुभाग नै फिर्ता ल्याउने थप दायित्व सरकारमा सरकारमा थपिएकाे छ ।