लिपुलेक र तिंकर जान असार पछी भारतको भूमि प्रयोग गर्नु नपर्ने । नेपालबाटै बाटाे बन्दैछ


२०७७ जेठ १२ - अाउदाे असार महिना पछि नेपालकाे दार्चुला जिल्लाकाे माथिल्लो भूभागमा जानलाइ भारतको बाटाे प्रयोग गर्नु नपर्ने भएको छ ।

नेपालबाट बाटाे तथा सडक संजाल नहुदा दार्चुला सदरमुकाम खलंगाबाट जिल्लाको माथिल्लो भूभागहरु तिंकर, लिपुलेक सम्म पुग्न हाल सम्म महाकाली नदी पारी भारत गएर भारतको बाटो प्रयोग गर्नुपर्छ । हाल दार्चुला सदरमुकाम खलंगाबाट तिंकर भन्ज्याङ जोड्ने ट्रयाक नेपालकाे भुमीमा निमार्ण भैरहेकाे हाे । खलंगाबाट हिँडेर तिंकर पुग्नका लागि घाटीबगर इलाकामा आवश्यक गोरेटो बाटो निर्माणको काम असार मसान्तसम्म सकिएपछि भारतीय भूमि प्रयोग गर्नु नपर्ने नेपाली सेनाले जनाएकाे छ ।

नेपालमा बाटाे संजाल नजाेडिदा हालसम्म खलंगाबाट तिकंर जान भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा भारतीय सुरक्षाकर्मीसँग पास लिएर गैइ फेरि माथि पुगेर नेपाली भूभागमा आउनुपर्ने बाध्यता रहेकाे छ । नेपाली सेनाले गत बुधबारबाट घाटीबगर इलाकामा सडक निर्माणको लागि इन्जिनियर र अन्य प्राविधिक सहित सेनानीको कमान्डमा ४५ जनाको प्लाटुन खटाएको बताएको छ । याे ट्रयाक पुरा भएपछी भारतले अतिक्रमण गरेकाे भुभाग कालापानी लिपुलेख र लिपियाधुरा नेपालबाटै पुग्न सकिनेछ । सेनाले अहिले घाटीबगरमा गोरेटो बाटो निर्माण गर्न लागेको हो ।

साे सडक खण्डमा चार सय ५० मिटर कडा चट्टान र केही स्थानमा पहिरो छन् । कडा चट्टानलाई ब्लास्ट गर्ने र पहिरोलाई हटाएपछि स्थानीयहरु हिड्ने गोरेटो बाटो खुला हुनेछ । सरकारले वैशाख १४ गतेको निर्णय अनुसार अर्को आर्थिक वर्षदेखि खलंगाबाट तिकंरसम्म सडक मार्ग निर्माण तथा स्ताेरन्नति थालिने छ । यो बाटोका लागि कतै ट्रयाक खोलिसकिएको छ भने अहिले खनिने गोरेटोलाई नै पछि सडक बनाइने सेनाले जनाएको छ ।

सडक निर्माणको लागि सेना र सडक विभागलाई जिम्मेवारी दिइसकेको छ । नेपाली सेनाकाे प्राविधिक टोलीले यस अगाडी घाटीबगर इलाकाको भ्रमण गरि त्यहाँको भूबनोट, निर्माण काम सुरु गर्दा आवश्यक सामग्री लिएर जादा हेलिकप्टर अवतरण गर्ने स्थान, सेनाको फिल्ड कार्यालयलगायत पक्षको जानकारी लिएर फर्ककाे थियो । खलंगादेखि घाटीबगर हुँदै तिंकर भञ्जाङसम्मको दूरी एक सय ३४ किमि रहेकाे छ भने घाटीबगरदेखि तिंकरसम्मको दूरी ८७ किमि रहेकाे छ ।