पाल्पामा पहिरोले दुइटा गाडी बगाउँदा ३ को ज्यान गयाे


२०७७ असार ८ - पाल्पा जिल्लामा सोमबार पहिरोले २ वटा गाडी बगाउँदा ३ जनाको ज्यान गएकाे छ। पाल्पा-गुल्मी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका-११ बन्दीपोखरास्थित सम्मोबारीमा सडकमाथि बाट अचानक आएको पहिरोले दुईवटा गाडी समेत बगाएको हो। मृतकको सनाखत हुन सकेको छैन।

उनीहरूको क्षत'विक्षत अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। दुईजनाको शव जिल्ला अस्पताल पाल्पाको शवगृहमा राखिएको छ। अर्का एकजनाको शव मिसन अस्पतालमा राखिए'को छ। अविरल वर्षा सँगै पहिरो झरेको पहिरोले बगाउँदा गाडीमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा'का प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। २ जनाको घटनास्थल'मा मृत्यु भएको हो भने एक'जनाको तानसेन'स्थित युनाइटेड मिसन अस्पतालमा उपचार'का क्रममा मृत्यु भएको उनले बताए।

लु२ख १३७६ नम्बर ट्रक र लु१क १९२८ नम्बरको ट्याङ्कलाई पहिरोले बगाएको हो। ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सा'मा टुक्रा टुक्रा परेको अवस्थामा रहेको छ।

सडकमा रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जीपलाई समेत पहिरो'ले सामान्य क्षति पुर्‍याएको छ। नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए। अझै केही मानिस पुरिएको हुन'सक्ने आशंकामा खोजी जारी राखिएको छ । राति भएपछि उद्धारमा समस्या भएको छ। पानी परिरहेकोले खोजी थप कठिनाई भएको प्रहरी निरीक्षक श्रेष्ठ'ले बताए। उनका अनुसार थप खोजी भोलि बिहानै देखि गरिने छ।