जनताकाे निराशाकाे अन्त्य हुन्छ, मेलम्ची खानेपानीको उद्घाटनको तयारीमा छौं : मन्त्री मगर


.२०७७ जेठ २६ काठमाडौ - सत्तारूद दल नेकपाका नेता तथा खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न हुने बताएका छन। चालु वर्षमा भौतिक पूर्वाधारको निर्माण सकेर आगामी आर्थिक वर्षमा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने उनले बताएका हुन । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बिना मगरले भने, मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको हरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं । काठमाडौं खानेपानी लिमिटेडले साे पानी विरतण गर्ने तयारी भइरहेको समेत मन्त्री मगरले बताइन । विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यले पुर्णता पाउन सकेकाे छैन । उपत्यका वासी भने वर्षौं देखि पर्खिदा पनि मेलम्चीको पानी नआए पछि निकै निराश छन । तर अब उनीहरूकाे निराशा अन्त्य हुने मन्त्री मगरले बताएका हुन ।