एकै दिन ३२४ जनामा संक्रमण पुष्टि, मामला ४०८६, संक्रमण नेपालका ७१ जिल्लामा


२०७७ जेठ २७ काठमाडौ - नेपालमा मंगलबार अाज एकै दिन ३२४ जना काेराेना मामलाका नयाँ विरामीहरु थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३२४ मा थप संक्रमण देखिएको छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४०८६ पुगेकाे छ । भने निकाे हुनेकाे ंसख्या ५८४ पुगेको छ भने १५ जनाकाे ज्यान गएकाे छ । संक्रमण नेपालका कुल ७१ जिल्लामा पुगेकाे मन्त्रालयले जनाएको छ ।