६१ जिल्लामा काेराेना, थप २८८ जनामा रेकर्ड ब्रेक कोरोना संक्रमण, मामला २ हजार ९९ पुग्याे


२०७७ जेठ २० काठमाडौ - नेपालमा मंगलबार एकैदिन रेकर्ड ब्रेक २८८ जना काेराेना मामलाका नयाँ विरामीहरु थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार थप २२६ जनामा संक्रमण मामला देखिएको हाे । ७५३४३ पिसिअार परिक्षण हुदा निकाे हुनेकाे संख्या २६६ पुगेको छ । भने अहिलेसम्म ८ जनाको ज्यान गएकाे छ । सथै ७७ जिल्ला रहेकाे नेपालका ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ । दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।