पाल्पामा थप ५८ जना काे'राे'ना संक्रमण नेपालभर मामला १० हजार नाघ्याे


२०७७ असार ९ - पाल्पा - प्रदेश ५ काे पाल्पा जिल्लामा मंगलबार थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पाल्पामा भेटिएका काेराेना संक्रमित सबै तीन हप्ताअघि भारतबाट रहेकाे जिल्ला स्वास्थ्य्य नि. प्रमुख विश्व न्याैपानेले बताउनुभयाे । पाल्पामा हालसम्म तानसेन नगरपालिकामा बाहेक जिल्लाका सबै गाउँपालिकामा काेराेना मामला देखिएकाे छ ।

केन्द्रीय प्रयोगशाला काठमाडौंमा र प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा भएको काेराेना परीक्षणमा मंगलबार पाल्पाका ५८ जनामा थप संक्रमण पुष्टि भएकाे । हाल उनीहरूलाइ सम्बन्धित पालिकामै आइसाेलेशनमा राख्ने तयारी भइरहेकाे छ । आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार नया थपिएकाहरूमा माथागढीका, बगनासकाली पूर्वखोलाका, का भारतबाट अाएका हरू २३ देखि ६५ उमेर समूहका महिला १५ जना र बाँकी पुरुषहरु रहेका छन । याे संग हालसम्म पाल्पाकाे रम्भा गाउँपालिकामा १६ जना, पुर्वखाेला १ सय २९ वगनासकाली गाउँपालिकामा २८ , माथागढी गाउँपालिकामा २७ ,रैनादेवी छहरा गाउँपालिकामा २० , निस्दी गाउँपालिकामा ३ , रिब्दीकोटमा ४ , तिनाउमा ३,, रामपुर नगरपालिकामा २ ,, पूर्वखोला गाउँपालिका १२९ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् ।

पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची र २ जना गुल्मी जिल्लाका गरी २३४ रहेका छन ।पूर्वखोला गाउँपालिका पाल्पाका एक जना सक्रमितको उपचारको क्रममा ज्यान गएकाे थियाे । पाल्पामा हाल सम्म २३१ मामला देखिएकाे छ भने ७ जना निकाे भएर घर फर्किएका छन साथै २ जनालाइ भने बाहिर जिल्ला सिफ्ट गरिएकाे छ । नेपालमा हाल सम्म १० हजार ९९ जनामा संक्रमण मामला देखिएकाे छ जसमा हाल सम्म २२२४ जना निकाे भएका छन भने १४ जनाकाे ज्यान गएकाे छ