भारतीय इशारामा नयाँ नक्सा विरूद्ध संशोधन हाल्ने गिरीलाई कारबाहीको चेतावनी


२०७७ जेठ २८ काठमाडौ - समाजवादी पार्टीले भारतीय इशारामा नयाँ नक्साविरूद्ध संशोधन हाल्ने गिरीलाई कारबाही गर्ने चेतावनी दिएको छ । संविधान संशाेधन प्रस्तावको विरूद्धमा संशाेधन हालेपछि उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै सपा ले कारबाहीको चेतावनी दिएको हो । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन । गिरीले संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन । गिरिले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।