चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो : नारायण'काजी


२०७७ असार १२ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सकिएको छ । राजधानि स्थित प्रम निवास बालुवाटारमा बसेकाे आज'को बैठकमा भारत'सँगको सीमा विवाद बारे सदस्यहरू'ले धारणा राखेका थिए। प्रवक्ता नारायण'काजी श्रेष्ठ'का अनुसार आज'को बैठक'मा १८ जनाले बोलेका थिए। ती मध्ये बैठक'को शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्र'मित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहे'को जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्या'को समाधान गरिने उल्लेख गरेका छन् । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचार भए'काे र त्यसमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका छन । साे बैठकमा महासचिव विष्णु'प्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रम केपी शर्मा ओली कार्य व्यस्तताका कारण आजको बैठकमा उपस्थित नहुने र बैठक सुचारू'रूपमा संचालन गर्न भनेकाे जानकारी गराएका थिए । स्थायी कमिटीको अर्को बैठक शनिबार ११ बजे बस्नेछ । बैठक'मा लीला-मणि पोखरेल, देव गुरूङ, मातृका यादव, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, बेदुराम भुसाल, रघुवीर महासेठ, भीम आचार्य, केशव बडाल, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, गणेश साह, मुकुन्द न्यौपाने र नारयण'काजी श्रेष्ठ बाेले'का थिए ।